यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

उमाविको चारित्रिक प्रमाणपत्र(Character Certificate): कलेज (१०+२)

उमाविको चारित्रिक प्रमाणपत्र(Character Certificate): कलेज (१०+२)

परिचय

चारित्रिक प्रमाणपत्र चरित्र दावी गर्ने प्रमाण हो जुन कलेज/विद्यालय/ संस्थाबाट दिईन्छ जसले विद्यार्थीको चरित्रको निर्धारण र मुल्यांकन गर्छ | अरु जुनसुकै कलेजमा भर्ना हुन यसले महत्वपुर्ण भूमिका खेल्छ | यो प्रमाणपत्र धेरै नै आवश्यक हुन्छ |

सम्पर्क

आफ्नो विद्यालय/ कलेज/ संस्था/विश्वविद्यालय जहाँ आफुले अध्ययन गरि उत्तीर्ण भइएको हुन्छ|

आवश्यक कागजातहरु

  • ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल सप्लिमेन्ट्री प्रमाणपत्र जुन HSEB कार्यालय बाट लिइएको हुन्छ |
  • २ कपी पासपोर्ट साइज फोटो |

समय र दस्तुर

कलेज/ विद्यालय/ विश्वविद्यालय अनुसार सय र दस्तुर फरक हुन सक्छ | त्यसैले आफ्नो कलेजको रिसेप्सनमा सम्पर्क राख्नु होला |

प्रक्रिया

१) HSEB बाट लिएको ट्रान्सक्रिप्ट, माइग्रेसन,प्रोभिजनल र सप्लीमेंट्री प्रमाणपत्र लिने |

२) प्रमाणपत्रहरुको फोटोकपी (जुन HSEB बाट लिईएको हुन्छ),११ र १२ को सर्टिफिकेट र SLC सर्टिफिकेटको फोटोकपी लिएर कलेज जाने |

३) आवश्यक रकम लिएर कलेजको सम्बन्धित शाखामा जाने |

४) त्यहा बाट भौचर दिन्छ त्यो लिएर जाने |

५)शाखाले निर्धारण गरेको समयमा आउने र प्रमाणपत्र लिएर जाने |

नोट तथा सन्दर्भ

तपाईले प्रमाणपत्र लिन जानु अघि आफ्नो कलेजमा सम्पर्क गर्न जरुरि हुन्छ किनकि सबै कलेज अनुसार नियम फरक फरक हुन सक्छ |


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
"http://nalibeli.org/index.php?title=उमाविको_चारित्रिक_प्रमाणपत्र(Character_Certificate):_कलेज_(१०%2B२)&oldid=9334" बाट निकालिएको