यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

दिक्षान्त समारोहमा सहभागिता: परिक्षा नियन्त्रण कार्यालय (त्रि वि )

दिक्षान्त समारोहमा सहभागिता: परिक्षा नियन्त्रण कार्यालय (त्रि वि )

परिचय

दिक्षान्त समारोह भनेको औपचारिक समारोह हो जसमा विद्यार्थीहरुले हासिल गरेको प्रमाणपत्रको आधारमा ( विशेषगरि: स्नातक र स्नातकोत्तरका तथा विधावारिधि ) विद्यार्थीलाई उपाधि/सम्मान दिने गरिन्छ | त्रिभुवन विश्वविद्यालयले वर्षमा एकपटक यो समारोह हुने गर्दछ | यो समारोह हुने मिति र स्थान वा फारम भर्ने मिति पत्रिकामा सूचना निस्कन्छ | त्यहि अनुसार फारम भरि दिक्षान्त लिन सकिन्छ |

सम्पर्क

प्रमाणपत्र/ रेकर्ड विभाग

परिक्षा नियन्त्रण कार्यालय

त्रिभुवन विश्वविद्यालय

वल्खु, काठमान्डौ

फोन नम्बर: (९७७-०१-४२७४९२४)

फ्याक्स : (९७७-०१-४२७७५८५)

web:www.tuexam.edu.np

आवश्यक कागजातहरु

१ .प्रतिवेदन फारम (फारम पाउने स्थान: परिक्षा नियन्त्रण कार्यालय, रेकर्ड र प्रमाणपत्र विभाजन, वल्खु) |

२. सक्कली लाब्धांक जुन स्तरमा मान्छेहरु सहभागी हुन चाहन्छन |

३.नागरिकताको फोटोकपी |

४. पासपोर्ट साइजको फोटो एक प्रति |

लाग्ने समय र दस्तुर

समय: एकदिन भित्र

दस्तुर:

शुल्क विवरण दिक्षान्त शुल्क ग्राउन /स्काफको धरौटी जम्मा शुल्क
स्नातक १२०० २००० ३२००
स्नाकोत्तर तथा एम.फिल १३०० २००० २३००
विधावारिधि (पी.एच.डी ) १५०० २००० २५००

प्रक्रिया

१. आवेदन फारम बुझाउदा सक्कल ट्रांस्क्रिप्ट सहित प्रमाणपत्र शाखामा ग्रेस नम्बर चेक गर्नु पर्छ |

२. ग्रेस नम्बर चेक गराएपछी ग्रेस नम्बर प्राप्त भएपछीमात्र लाग्ने शुल्क ग्लोबल आइएमई बैंक वा नेपाल बैंकमा जुन त्रिवि परिसर भित्र छ, त्यसमा जम्मा गरि भौचर लिनुहोस् |

३. बैंकमा दस्तूर तिरेको भौचर लगेर परिक्षा नियन्त्रण कार्यलायको लेखा शाखामा लगेर बुझाए पछी परिक्षा नियन्त्रण कार्यालयबाट आम्दानी रसिद लिने |

४. उक्त आम्दानी रसिदमा ग्रेस नम्बर उल्लेख गरिएको आवेदन फारमसंगै रहेको स्लिप अनिवार्य लिने जुन पछी ग्राउनको रकम फिर्ता लिन पनि आवश्यक पर्छ |

नोट

ग्राउन /स्काफको धरौटी रकम दिक्षान्त समारोह पछी फिर्ता लिन सकिन्छ |

यदि विद्यार्थीले आफ्नो परिवार (बढीमा २ जना) लिन चाहन्छ भने एक जना व्यक्तिको रु. २०० |

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकारी थाहा भएमा लग-इन गरि आवश्यक जानकारी राख्न सकिन्छ |

नोट तथा सन्दर्भ

परिक्षा नियन्त्रण कार्यालय बल्खु

प्रमाणित गरेको मिति : २०७३/११/०२


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
"http://nalibeli.org/index.php?title=दिक्षान्त_समारोहमा_सहभागिता:_परिक्षा_नियन्त्रण_कार्यालय_(त्रि_वि_)&oldid=10494" बाट निकालिएको