यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नयाँ सवारी चालक अनुमति पत्र जारी :यातायात व्यवस्था कार्यालय

नयाँ सवारी चालक अनुमति पत्र जारी :यातायात व्यवस्था कार्यालय

परिचय

अहिले नयाँ लाईसन्स लिनेहरुको लागि अनिवार्य स्मार्ट ड्राइभिङ लाइसेन्स दिने प्रचलन छ | स्मार्ट ड्राइभिङ लाइसेन्स नेपालमा १ डिसेम्बर २०१५ देखि लागु भएको हो | स्मार्ट कार्ड ड्राइभिङ लाइसेन्स व्यक्तिलाई सवारी सादन चलाउन अनुमति दिईने आधिकारिक कार्ड हो | जसमा व्यक्तिको सम्पूर्ण परिचय, डिजिटल प्रणाली बाट लिएको हस्ताक्षर र बुढी औलाको छाप साथै कुन सवारी साधन चलाउने तोकिएको हुन्छ. स्मार्ट कार्डमा इलेकट्रोनिक चिप कार्ड हुन्छ | पछि स्मार्ट कार्ड ब्लु बुकको साटो पनि प्रयोग हुनेछ जसमा सवारी चालको सम्पूर्ण परिचय र सवारी दर्ता नम्बर उल्लेखित हुन्छ

Smart Card.jpg

सम्पर्क

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

एकान्तकुना, ललितपुर/ ठुलोभर्याङ्ग, काठमाडौँ चाबहिल काठमाडौँ/ जगती, भक्तपुर

बागमती अंचलको लागि यी मध्ये कुनै एक कार्यालय जान सकिन्छ |

आवश्यक कागजात

१) प्रवेश पत्र

१) निवेदन फारम पत्र

३) सक्कल नागरिकता सहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने र त्यसको प्रतिलिपि, गैर नेपालीका हकमा पासपोर्टको प्रतिलिपि

४) पासपोर्ट साइजको फोटो एक प्रति र अटो साईजको फोटो एक प्रति

५) राजस्व बुझाएको रसिदहरु

६) इजाजत प्राप्त ड्राइभिङ्ग स्कूलबाट प्रशिक्षण लिएको प्रमाण पत्र (चार पाङ्गेका लागि अनिवार्य, दुई पाङ्गेका लागि ऐच्छिक)

प्रक्रिया

१ यातायात व्यवस्था कार्यालय एकान्तकुनामा निवेदन फारम भरी, टिकट किनी तेस्मा टास्नुहोस् । साथै स्वास्थ्य परीक्षणको रसिद काट्नुहोस् र टोकन लिनुहोस् । (personal verificationको लागि डिजिटल प्रणालीको प्रयोग पछि टोकन लिने प्रक्रिया सुरु भएको हो )

२ आफ्नो टोकन अनुसार लाइनमा बस्नुहोस र त्यहाको कर्मचारीले बोलाएपछि सो कार्यालयको पहिलो भवनको भुईतल्लाको कोठामा प्रवेश गर्नुहोस ।

३ कोठामा प्रवेश गरेपछि कुनै एक कम्प्युटर अपरेटर कहाँ गइ आफ्नो सक्कली नागरिकता र निवेदन फारम बुझाई वेबक्यामबाट आफ्नो फोटो खिचाउनुहोस र डिजिटल प्रक्रियामा आफ्नो बुढी औलाको छाप दिई डिजिटल प्रक्रियाले त्यहाको नै नोट पेनले आफ्नो दस्तखत गर्नुहोस ।

४ तपाईको स्वास्थ्य परीक्षणको रसिद देखाई सोहि कोठामा भएको स्वास्थ्य परीक्षण गर्ने कर्मचारीबाट स्वास्थ्य परीक्षण गराउनुहोस् ।

५ आफ्नो निवेदन फारम लिई कोठा नं. ६ मा फारम बुझाई रु २०० तिरी रसिद काट्नुहोस् । त्यसको केहि समयपछि सोहि कोठामा अपरेटरले तपाईलाई प्रवेश पत्र दिनुहुनेछ (लिखित परीक्षा र ट्रायलको लागि) ।

६ तोकिएको समयमा ( प्रायः भोलिपल्ट बिहानै) लिखित परीक्षाको लागि तपाई सोहि कार्यालयको दोश्रो तल्लामा उपस्थित हुनुपर्नेछ, जसको लागि सुरुमा गेट निर टासिएको सुचीमा आफ्नो नाम अनुसारको अंक टिपी गरी लाइनमा बस्नुहोस ।

७ आफ्नो पालो आएपछि तपाइले आफ्नो रसिद फारम, सक्कली नागरिकता र प्रवेश पत्र देखाई लिखितको परीक्षामा सम्मिलित हुनसक्नुहुनेछ ।

८ लिखित परीक्षामा पास गरे पछि तोकिएको समयमा प्रयोगात्मक (ट्रायल) दिन पर्ने हुन्छ । ट्रायल प्रायः लिखित परीक्षा दिएको भोलिपल्ट बिहानै हुने गर्छ ।

९ लिखित र ट्रायल दुवै पास गरेपछि त्यहाँ निरिक्षण गर्ने ट्राफिक प्रहरीले स्मार्ट कार्डको फारम भर्ने मिति दिनुहुनेछ ।

१० सो मितिमा यातायात कार्यालय एकान्तकुनामा उपस्थित भइ स्मार्ट कार्डको लागि फारम भरी, दोश्रो भवनमा रसिद काट्नहोस् र तोकिएको मितिमा पहिलो भवनको कोठा नं. ५ मा रसिद बुझाई स्मार्ट कार्ड लिनुहोस् ।

दस्तुर र लाग्ने समय

दस्तुर:

वर्ग दस्तुर
मो .सा- स्कुटर रु १५००
मो.सा बाहेक साना सवारी रु २०००
मझौला सवारी रु २५००
ठुला सवारी रु ३०००

एक भन्दा बढी वर्गको स.चा.अ.प को हकमा सबैभन्दा बढी दस्तुर लाग्ने वर्गको दस्तुर बराबर | वर्ग थपका लागि : स.चा.अ.प दस्तुर

वर्ग दस्तुर
साना सवारी रु १००
मझौला सवारी रु २५०
ठुला सवारीको लागि ५००

लाग्ने समय: तपाइले लिखित र ट्रायल पास गरेको एक हप्ता भित्र स्मार्ट ड्राइभिङ लाइसेन्स पाउनुहुनेछ |

थप जानकारी

- यदि तपाईसँग पुरानो लाइसेन्स छ भने सो लाइसेन्सको अवधि समाप्तिपछि, नविकरण गर्नुहुदा स्मार्ट कार्ड प्राप्त गर्नुहुनेछ ।

- कुनै एक सवारी चलाउने लाइसेन्स भएको चालकले अर्को सवारी साधन पनि थप गर्न चाहेमा लिखित परिक्षा दिराख्न पर्दैन ।

- लिखित तथा ट्रायल परीक्षाको नतिजा sms वा अनलाइनबाटै पनि हेर्न मिल्न सक्छ, यातायात कार्यालयमा बुझ्नुहोला

- लिखित परीक्षाको लागि काम लाग्ने विभिन्न पुस्तक र मोबाइल एपहरू पाउन सक्नु हुन्छ

- एक पटक लिखित पास भएपछि ट्रायल फेल भएमा ९० दिनको अवधिमा ३ पटकसम्म ट्रायल दिन पाइने छ । यसरी फेरि ट्रायल दिंदा लिखित परिक्षा दिईरहनु पर्ने छैन । तर ९० दिनको अवधिमा ३ पटकसम्म पनि ट्रायल पास गर्न नसके फेरि लिखित दिनु पर्नेछ ।

- स्कूटर र मोटरसाइकलको ट्रायल मीनभवनमा पुरानो ट्रलि बस स्टपमा लिइन्छ

- चार पाङ्गे गाडीको चाहि सिहदरबार मूलद्वार अगाडि नेशनल ट्रेडिङमा मा लिइन्छ

- ट्रायल आफ्नो सवारी साधनमा दिन पाइदैन । मोटरसाइकलको लागि Super Splendor र सानो गाडीको लागि Suzuki Alto ट्रायल सेन्टरमै उपलब्ध गराइन्छ । सो प्रयोग गरे बापत मोटरसाइकल र गाडको लागि दस्तुर क्रमशः रू ५० र रू २५० (करिब) तिर्नुपर्ने हुन्छ ।

- ट्रायल कसरी दिने भन्ने बारे धेरै भिडियो youtube मा पाउन सक्नु हुन्छ । तर ट्रायल पास नै गर्नको लागि भने राम्ररी सवारी चलाउन सिकेर ट्रायल अभ्यास गर्नुको विकल्प छैन ।

धेरै सोधिने प्रश्नहरू

अंग्रेजी पृष्ठ

टिप्पणी

यातायत कार्यालय एकान्तकुनाले एक दिनमा चारपाङ्ग्रे हलुका सवारी साधनको २००, ठूला सवारी साधानको १०० र मोटरसाइकल ५०० गरेर कार्यालयले जम्मा ८०० को फारम लिने गरेको छ । सिमित टोकन वितरणको व्यवस्था भएको हुनाले तपाई बिहानै निवेदन फारम लिनको लागि उपस्थित हुदा तपाइलाई सहज हुनेछ ।

नोट तथा सन्दर्भ

सन्दर्भ : नागरिक वडा पत्र मिति : २०७३-११-०५


टिप्पणी

Samjhana Balami

९ महिना पहिले
Thanks nalibeli!!

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-1star2-1star3-1star4-0star5-0
9 reviews   
लेखक: Admin
सम्पादक: Admin
सम्पादक:Shova dahal
सम्पादक:Ambika-826359320762673
सम्पादक:Samjhana Balami
अद्यावधिक मिति: 06th Jul, 2017
दृश्य संख्या: 19141

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=नयाँ_सवारी_चालक_अनुमति_पत्र_जारी_:यातायात_व्यवस्था_कार्यालय&oldid=10833" बाट निकालिएको