यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाली नागरिकको चारित्रिक प्रमाणपत्र (police report): महानगरीय प्रहरी परिसर

नेपाली नागरिकको चारित्रिक प्रमाणपत्र (police report): महानगरीय प्रहरी परिसर

परिचय:

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि स्वदेशी तथा बिदेशी व्यक्तिको लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ | व्यक्ति कुनै अपराधिक कार्यमा संलग्न नभएको भनि प्रमाणित गर्ने कागजपत्र लाई चारित्रिक प्रमाणपत्र हो |

सम्पर्क

१) महानगरीय प्रहरी कार्यालय रानीपोखरी

२) महानगरीय प्रहरी वृत्त महाराजगन्ज

३) महानगरीय प्रहरी परिसर ललितपुर

४) महानगरीय प्रहरी परिसर भक्तपुर

लाग्ने समय र दस्तुर

समय: निवेदन दिएको ३ दिन पछि

शुल्क: नि:शुल्क

आवश्यक कागजातहरु

१) एक कपि निवेदन | निवेदन आफैले भरेर प्रिन्ट गर्न सकिन्छ |

२) राहदानी (Passport) को सक्कल सहित प्रतिलिपि १ प्रति ।

३) नागरिकताको प्रमाणित प्रतिलिपी १ प्रति |

४) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणित प्रतिलिपी १ प्रति |

५) पासपोर्ट साइजको रंगीन फोटो २ प्रति ।

६) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को प्रमाणित प्रतिलिपी १ प्रति |

प्रक्रिया

१) निवेदकले आफ्नो चालचलन बुझ्नको लागि सम्बन्धित ठाउँमा निवेदन फारममा रु.१० को हुलाक टिकट टांसी निर्धारित समय भित्र माथि भनिएको कागजातहरु र निवेदन दिने |

२) समय भित्र निवेदन बुझाउनेहरुको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जांच गर्न सोही दिन पठाइने छ ।

३) अभिलेख जांच भई निवेदनहरु फिर्ता आएपछि रुजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरु वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरुमा पठाइने छ |

नोट

१) फारम बुझाउनको लागि व्यक्ति आफै उपस्थित हुनु पर्ने छ | लिनको लागि भने कुनै व्यक्तिलाई सिफारिस गर्न सकिन्छ |

२) निवेदन वुझाउनु पर्ने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।

३) [१]

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकारी थाहा भएमा लग-इन गरि आवश्यक जानकारी राख्न सकिन्छ |

नोट तथा सन्दर्भ सामग्री

महानगरीय प्रहरी कार्यालय रानीपोखरी

अध्यवादिक मिति: २०७३-१२-०४


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
"http://nalibeli.org/index.php?title=नेपाली_नागरिकको_चारित्रिक_प्रमाणपत्र_(police_report):_महानगरीय_प्रहरी_परिसर&oldid=10353" बाट निकालिएको