यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पशुविमा: विमा समिति

पशुविमा: विमा समिति

परिचय

पशुविमा कृषिसँग सम्बन्धित विमा हो | कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसाय तर्फ आकर्षण गर्न तथा राहत प्रदान गर्नको लागि पशु बिमा गर्न प्रचलन आएको छ | बिमा गरेपछी व्यवसायमा केहि जोखिम भएमा क्षतिपुर्तीवापत रकम प्राप्त गर्न सकिन्छ | पशुबिमा भित्र गाई, भैसी जस्ता चौपाया पर्दछन् |

सम्पर्क

सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यालय, वा जिल्ला पशुसेवा कार्यालय/ कृषि/पशु सेवा केन्द्र वा नेपाल सरकारले तोकेको निम्न लिखित इन्सुरेन्स कम्पनीबाट

वाली तथा पशुपंक्षी विमागर्ने कम्पनी तथा जिल्लाहरू र वीमा कम्पनीको नाम सम्पर्क नम्बर र सेवा दिने जिल्लाहरू

ईन्सुरेन्स कम्पनि ठेगाना सम्पर्क नम्बर सेवा दिने जिल्लाहरु
नेपाल इन्सुरेन्स कम्पनी लि, कमलादी, काठमाडौ \ ०१–४२४५५६५, ०१–४२२८६९० दार्चुला, वैतडी, डडेलधुरा, कञ्चनपुर
दि अोरियण्टल इन्सुरेन्स कम्पनी लि कान्तिपथ काठमाडौ ०१–४२५०१३७, ०१–४२२१४४८ धनकुटा, सुनसरी, तेर्हथुम, सप्तरी
राष्टिय विमा संस्थान रामशाहपथ काठमाडौ ०१–४२६२५२० बझा‌ङ्ग डोटी कैलाली
नेशनल इन्सुरेन्स कम्पनी लि त्रिपुरेश्वर काठमाडौ ०१–४२५०७१०, ०१–४२६०३६६ रोल्पा, प्यूठान, दांग, अर्घाखांची, कपिलवस्तु
हिमालयन इन्सुरेन्स कम्पनी लि. बबरमहल काठमाडौ ०१–४२३१७८८, ०१–४२१३०१४ सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, पर्सा, वारा
युनाइटेड इन्सुरेन्स कम्पनी लि थापाथली काठमाडौ ०१–५११११११ हुम्ला, वाजुरा, अछाम
प्रिमियर इन्सुरेन्स कम्पनी लि नक्साल काठमाडौ ०१–४४१३५४३, ०१–४४१०६४८ दोलखा रामेछाप सिन्धुली सर्लाही रौतहट
एभरेष्ट विमा कम्पनी हात्तिसार काठमाडौ ०१–४४४४७१७, ०१–४४४४७१८; ०१–४४४५०९० कालीकोट, दैलेख, सुर्खेत, वर्दिया
नेको इन्सुरेन्स कम्पनी लि अनामनगर काठमाडौ ०१–४७७०१२७, ०१–४७७०११५ ताप्लेजुग, इलाम, पांचथर, झापा, मोरंग
सगरमाथा इन्सुरेन्स कम्पनी लि नक्साल काठमाडौ ०१–४४१२३६७, ०१–४४१३६८३ मुगु, जाजरकोट, जुम्ला
एलायन्स इन्सुरेन्स कम्पनी लि तिनकुने काठमाडौ ०१–४४९९२२६, ०१–४४९९१६१ मुस्तांग, म्याग्दी, वाग्लुंग, गुल्मी, स्यांग्जा
एन वि इन्सुरेन्स कम्पनी लि कमलादी काठमाडौ ०१–४२२४३१२, ०१–४२२४२६३ सोलुखुम्वु, अोखलढुंगा, महोत्तरी, धनुषा
प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लि पुतलीसडक काठमाडौ ०१–४२१२९४, ०१–४२१२९४१ गोरखा, लमजुंग, तनहुं, नवलपरासी
शिखर इन्सुरेन्स कम्पनी लि थापाथली काठमाडौ ०१–४२४६१०१, ०१–४२४६१०२ चितवन, मकवानपुर, धादिंग, नुवाकोट, रसुवा
लुम्विनी इन्सुरेन्स कम्पनी लि ज्ञानेश्वर काठमाडौ ०१–४४११७०७, ०१–४४३३१९९ संखुवासभा, भोजपुर, खोटांग, उदयपुर, सिराहा
राष्टिय जीवन तथा जनरल विमा कम्पनी लि पानीपोखरी काठमाडौ ०१–४००६६२५, ०१–४४४२६४६ डोल्पा, रुकुम, सल्यान, वांके
सिध्दार्थ इन्सुरेन्स कम्पनी लि ववरमहल काठमाडौ ०१–४२५७७६६, ०१–४२५६१९० मनांङ्, कास्की, पर्वत, पाल्पा, रुपन्देही

लाग्ने समय र दस्तुर

समय: प्राविधिकले अनुगमन गरेको १/२ दिनभित्र |

दस्तुर: पशुपन्छीको हकमा बिमा शुल्क जम्मा बजार मुल्यको ५ % लाग्नेछ |

(नोट: बजार मुल्यको ५% हिसाब गरेर आएको रकममा बिमितले २५% रकम तिर्नुपर्छ, ७५% प्रतिशत रकम नेपाल सरकारले बिमा प्रक्रिया सकिएपछी सम्बन्धित बिमा गराईदिने कम्पनि वा कार्यालयलाई दिने गर्दछ |

आवश्यक कागजातहरु

१)पशुधनिको नाम |

२) नागरिकताको प्रतिलिपि |

३) पशुधनिको पुरा ठेगाना |

४) संस्था छ भने संस्थाको PAN नम्बर |

५) पशुधनको विवरण, संख्या, पालिएको तरिका, बजार मुल्य, स्वास्थ्यस्थिति,पशुको प्रयोजन आदि |

प्रकृया

१)आफ्नो चौपायालाइ ट्याग लगाउने अनि दर्ता गर्नु पर्दछ |

२)चौपाया चेक गर्न प्राविधिक टोली आउछ |

३)चौपाया किन्नु भएको बजार मुल्यको मुख्य निर्धारक प्रमाण देखाउने |

४) इन्सुरेन्स कम्पनीमा पाइने पशुधन विमा प्रस्तावित फारम लिने र पूर्ण विवरण भर्ने | Nope.jpeg

५)पशुविमा प्रस्ताब फर्म आफ्नो जिल्ला सम्बन्धित इन्सुरेन्स कम्पनीमा आएर पूर्ण विवरण भर्ने |

६)चौपाया किनेको मुल्यको ५% प्रिमियम इन्सुरेन्सलाई तिर्ने |

७)१/२ दिनमा तपाइको इन्सुरेन्स हुन्छ |

थप जानकारी

१) उल्लेखित बयान र वर्णन यथार्थ हुनुपर्दछ |

३) सर्त बमोजिम प्रस्ताब हुन्छ |

नोट: माथिको जानकारी बाहेक थप जानकारी थाहा भएमा लग-इन गरि आवश्यक जानकारी राख्न सकिन्छ

नोट तथा सन्दर्भ

कृषि बिकास मन्त्रालय

लुम्विनी इन्सुरेन्स कम्पनी लि ज्ञानेश्वर काठमाडौ

नेपाल इन्सुरेन्स कम्पनी लि, कमलादी, काठमाडौ

अध्यावधिक मिति : २०७३/११/३०


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
"http://nalibeli.org/index.php?title=पशुविमा:_विमा_समिति&oldid=10246" बाट निकालिएको