यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

बंशजको आधारमा नेपाली नागरिकता : जिल्ला प्रशासन कार्यालय

बंशजको आधारमा नेपाली नागरिकता : जिल्ला प्रशासन कार्यालय

परिचय

नागरिकता एक व्यक्तिको बारेमा जानकारी भएको परिचयपत्र हो | नेपालमा जो सुकै व्यक्ति १६ बर्ष पुगेपछि नागरिकता प्राप्त गर्न व्यक्ति सक्षम हुनेछ | जग्गा जमिन किन्न, चुनावमा भोट हाल्न, सरकारी सेवामा प्रवेश गर्नका साथै अन्य कामको लागि पनि नागरिकता चाहिने हुन्छ | नागरिकता लिनको लागि जन्म दर्ताको आधारमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालय जानु पर्छ | त्यसको लागि आफ्नो वडा वा गाविस बाट सिफारिस अनिवार्य लिनु पर्छ |

सम्पर्क

सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय

आवश्यक कागजातहरु

बाबु भएको खण्डमा बाबु अहिले नभएको कतै गएको तर बाबुको नागरिकताको प्रमाणपत्र वा अन्य प्रमाण भएको खण्डमा बाबु नभएको अनि बाबु हो भन्ने कुनै प्रमाण नभएमा

१) नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ को फारममा गाविस भए गाविस अध्यक्ष वा उपाध्यक्ष, नगरपालिका भए प्रमुख तथा उपप्रमुख तथा जिविस भएमा जीवस सभापति वा उपसभापतिको सिफारिस | सिफारिस बनाउने प्रक्रिया बारे बुझ्न यहा जानुहोस् नागरिकताको सिफारिस

२) बाबुको नागरिकता प्रमाणपत्र तथा विवाहित महिला भए श्रीमानको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

३) बाबु वा पतिको नागरिकता प्रमाणपत्रबाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाइ वा नजिकको अभिवावकको सनाखत |

४) उक्त प्रमाणहरु उपलब्ध हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै सर्जमिन आदि |

५) आफ्नो योग्यताको प्रमाणपत्रको प्रतिलिपि यदि नपढेको मान्छेको लागि जन्म दर्ताको प्रमाणपत्र |

५) ४ प्रति फोटो |

१) नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ को फारममा गाविस भए गाविस अध्यक्ष वा उपाध्यक्ष, नगरपालिका भए प्रमुख तथा उपप्रमुख तथा जिविस भएमा जीवस सभापति वा उपसभापतिको सिफारिस | सिफारिस बनाउने प्रक्रिया बारे बुझ्न यहा जानुहोस् नागरिकताको सिफारिस

२) बाबुको नागरिकता प्रमाणपत्र तथा विवाहित महिला भए श्रीमानको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

३) बाबु नभएको खण्डमा सो नभए आमा, दाजु वा भाइ वा नजिकको अभिवावकको सनाखत |

४) उक्त प्रमाणहरु उपलब्ध हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै सर्जमिन आदि |

५) आफ्नो योग्यताको प्रमाणपत्रको प्रतिलिपि यदि नपढेको मान्छेको लागि जन्म दर्ताको प्रमाणपत्र |

६) ४ प्रति फोटो |

१) नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ को फारममा गाविस भए गाविस अध्यक्ष वा उपाध्यक्ष, नगरपालिका भए प्रमुख तथा उपप्रमुख तथा जिविस भएमा जीवस सभापति वा उपसभापतिको सिफारिस | सिफारिस बनाउने प्रक्रिया बारे बुझ्न यहा जानुहोस् नागरिकताको सिफारिस

२) उक्त प्रमाणहरु उपलब्ध हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै सर्जमिन आदि |

३) आफ्नो योग्यताको प्रमाणपत्रको प्रतिलिपि यदि नपढेको मान्छेको लागि जन्म दर्ताको प्रमाणपत्र |

४) ४ प्रति फोटो |

५) जी.बि.स.ले सर्जमिनको सिफारिस गर्न जस्तै उसको बाबु थियो मोर्यो वा बेपत्ता छ भन्ने अरु नजिकको व्यक्तिको प्रमाण |

प्रक्रिया

तोकिएको फारम भरि (फारम नागरिकता फाँटमा पाईन्छ) त्यहाको सहायता कक्षमा गएर फारम जांच गर्नु पर्छ |

नागरिकता फाँटको कर्मचारी बाट प्रमाणित भए अधिकृत संग सहि गराउने | यदि आफ्नो बुबा आउनु भएको छैन भने सहायक प्रमुख जिल्ला अधिकारी संग सहि गराउनु पर्छ |

सहि गरेपछि कम्प्युटरमा प्रविष्टि गराउने| (नेपालका सबै जिल्लामा यो सुबिधा नहुन सक्छ, जुन जिल्लामा यो सुबिधा छैन त्यहा बाट हस्तलिखित नागरिकता प्राप्त गर्न सकिन्छ।)

कम्प्युटर प्रविष्टि गराएपछि आफ्नो नागरिकताको नाम,ठेगाना, जन्म मिति अन्य कुराहरु ठिक छ कि छिन हेरी ठिक छ भने आफ्नो फोटो दिई प्रविष्टि फाईलमा सहि छाप लगाउनु र नागरिकता लिनु पर्छ |

लाग्ने शुल्क

निशुल्क 

लाग्ने समय

प्रमाण पुगेमा सोहि दिनमा सबै काम हुन्छ |

जिम्मेवार अधिकृत

सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा अधिकृत/शाखा हेर्ने ना.सु.

नोट

आफ्नो नागरिकता र योग्यता प्रमाणपत्रको जन्म मिति मिल्नु पर्छ | यदि नमिलेको खण्डमा ६ महिना भित्र सच्याउन पर्ने हुन्छ | यस्तो जन्ममिति र नामहरु बिग्रेको अवस्थामा पहिला फाईलमा सहि गर्ने प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ भने फेरी प्रतिलिपि लिनु पर्दैन यदि प्र.जी.अ. सरुवा भईसक्नु भएको अवस्थामा प्रतिलिपिको प्रक्रिया अगाडी बढाउन सकिन्छ |

आफ्नो जिल्लाको प्रशासन कार्यालयको जानकारी भएको खण्डमा हाम्रो शैली पुस्तिका हेरेर योगदन पुर्याइदिनु होला र हामीले सरकारी सेवा लिनको लागि कुन ठाउँको कुन कार्यालय र कति नम्बरको झ्याल वा ढोकामा गएका छौ ?यहाँको दस्तुरमा केहि परिवर्तन पाईएमा यस विकिमा राखेर सबै सामु आदानप्रदान गर्न सकिन्छ |

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकारी थाहा हुनेले लगईन गरि आवश्यक जानकारी राख्न सकिन्छ |

नोट तथा सन्दर्भ सामग्री

जिल्ला प्रशासन कार्यालयको प्रशासकिय कार्यविधि २०७३ बाट साभार गरिएको |

नारायणहिटी, काठमाण्डौ

अध्यावधिक मिति : २०७३-११-२५

टिप्पणी

यदी तपाई नागरिकता बनाउन वा अन्य कुनै प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालय जाँदै हुनुहुन्छ भने दस बजे नै जानु भन्दा अलि ढिलो गरेर जाँदा ठिक हुन्छ | यो कार्यालयमा समयमा नै कार्यालय आउने कर्मचारी मैले निकै कम पाएँ |


-- Shova dahal ११:०८, २ अक्टोबर २०१५ (NPT)


टिप्पणी

Shivanikazi

२ महिना पहिले
testing

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-1star2-1star3-1star4-1star5-0
3 reviews   
लेखक: Admin
सम्पादक: Admin
सम्पादक:Shova dahal
सम्पादक:Ambika-826359320762673
सम्पादक:Samjhana Balami
सम्पादक:Ashim-1288472891241702
अद्यावधिक मिति: 08th Mar, 2017
दृश्य संख्या: 11159

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=बंशजको_आधारमा_नेपाली_नागरिकता_:_जिल्ला_प्रशासन_कार्यालय&oldid=9910" बाट निकालिएको