यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मार्कसिट हराएमा: परिक्षा नियन्त्रण कार्यालय त्रि.वि.

मार्कसिट हराएमा: परिक्षा नियन्त्रण कार्यालय त्रि.वि.

परिचय

त्रि वि बाट सम्बन्धित क्याम्पसमा उपलब्ध गराइएको मार्कसिट कुनै कारणबश हरायो भने पुनः बनाउन सकिन्छ | जसका लागि केहि कागजातहरु पेश गर्नु पर्ने हुन्छ | हराएको मार्कसिट को प्रतिलिपि केहि दिन मै निकाल्न सकिन्छ |

सम्पर्क

परिक्षा नियन्त्रण कार्यालय

बल्खु, काठमाडौँ, नेपाल |

समय तथा दस्तुर

समय : कार्यालयले तोकेको दिन ( ५ दिन देखि माथि ) दस्तुर : रु.१२५/-

आवश्यक कागजातहरु

  • परिक्षाको रोल नम्बर, रजिस्ट्रेसन नम्बर र बिषय को बिस्तृत जानकारी

प्रक्रिया

  • सोधपुछ शाखामा सजिलै पाइने मार्कसिट प्रतिलिपि पाऊ भन्ने बारे निवेदन भर्ने |
  • परिसरमै रहेको ग्लोबल आइएमइमा गएर रु.१२५ को भौचर भर्ने |
  • एक नम्बर कोठामा गएर भौचर र निवेदन बुझाउने |
  • त्यहा लाहा छाप लगाइदिन्छ र रिसिप्ट दिन्छ |
  • रिसिप्ट लगेर सम्बन्धित शाखाम जाने र शाखाले तोकेको दिनमा मार्कसिट लिन जाने |

थप जानकारी

मर्क्सित्का लागि कहिलेकाही छिटो र कहिलेकाही ढिला मिति तोक्न सक्छ |

नोट तथा सन्दर्भ

सन्दर्भ: परिक्षा नियन्त्रण कार्यालय, बल्खु काठमाडौँ |


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-1star2-1star3-1star4-1star5-1
1 reviews   
लेखक: Samjhana Balami
सम्पादक: Samjhana Balami
सम्पादक:Poozan-701940976632726
अद्यावधिक मिति: 19th May, 2017
दृश्य संख्या: 1079

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=मार्कसिट_हराएमा:_परिक्षा_नियन्त्रण_कार्यालय_त्रि.वि.&oldid=10501" बाट निकालिएको