यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मोटरसाइकल सवारी दर्ता प्रमाणपत्रको (ब्लुबुक )प्रतिलिपि: यातायात व्यवस्थापन कार्यालय

मोटरसाइकल सवारी दर्ता प्रमाणपत्रको (ब्लुबुक )प्रतिलिपि: यातायात व्यवस्थापन कार्यालय

परिचय

सवारी साधन आफ्नो हो भन्ने प्रमाण र दर्ता भएको सवारी साधनमा लाग्ने कर वर्षै पिच्छे तिरी नविकरण गर्ने प्रमाण नै ब्लु बुक हो | यसमा सवारी धनीको परिचयको साथै सवारीको सम्पूर्ण जानकारी पनि हुन्छ | माथिको फोटो मोटरसाइकलको ब्लु बुकको हो | रातो.png

सम्पर्क

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग

यातायात व्यवस्था कार्यालय

सतुंगल, काठमाडौँ (दुई पांग्रे),

एकान्तकुना, ललितपुर (चार पांग्रे)

लाग्ने शुल्क र समय

शुल्क: प्रतिलिपिको दस्तुर रु १००/-, प्रदूषण दस्तुर रु २०/-

समय: प्रक्रिया पुरा भएपछि ३० मिनेट

आवश्यक कागजात

१. सक्कलै नागरिकता सहित सम्बन्धित सवारी धनि स्वयम उपस्थित हुनुपर्छ |

२. ट्राफिक प्रहरीको सिफारिस (ब्लुबुक हराएकोमा) चाहिने हुन्छ |

३. चालु आर्थिक वर्ष सम्मको कर तिरेको प्रमाण चाहिने हुन्छ |

४. प्रतिलिपि वापत दस्तुर लाग्छ |

५. तेस्रो पक्ष वीमा गरिएको कागजात चाहिने हुन्छ |

६. सवारी धनि विदेशमा भए दुतावासबाट प्रमाणित मंजुरिनामा चाहिने हुन्छ |

७. ऋणी भए ऋणीको उपस्थिती, विदेशमा भए दुताबासबाट प्रमाणित मंजुरिनामा चाहिने हुन्छ |

८. संस्था, फर्म, कम्पनी भए तिनको अध्यावधिकता झल्काउने कागजात चाहिने हुन्छ |( कर विवरण, नविकरण विवरण )

९. सक्कलै फाइल (सम्बन्धित फाँटबाट उपलब्ध) हुनुपर्छ |

१०. रु १० को टिकट टाँसी तोकिएको ढाँचामा निवेदन दिनुपर्छ |

प्रक्रिया

१) सवारीसाधन दर्ता प्रमाणपत्रको (ब्लु बुक) प्रतिलिपि लिनको लागि सर्वप्रथम ट्राफिक प्रहरी कार्यालय (राम शाह पथ) मा ब्लु बुक हराएको निवेदन दिने |

२) निवेदनको ढाँचा त्यही नै उपलब्ध हुन्छ | निवेदन दिएको तिन दिनपछि सिफारिस लिन जानुपर्ने हुन्छ | ट्राफिक प्रहरी कार्यालय( रामशाह पथ) बाट सिफारिस लिएर मात्र त्यस पछिको प्रक्रियाको लागि यातायात कार्यालय जानुपर्ने हुन्छ |ब्लु बुक.jpeg ब्लु बुकको लागि फारम भरेपछि टोकन लिई काउन्टर न. ४ र ५ बाट फारम बुझाउनु पर्छ |

३) तेस्रो पक्ष विमा मोटरसाइकलको हकमा १,१३५ लाग्ने हुन्छ | (मोटरसाइकलको लट, चेसिस न ( इन्जिन नं) को आधारमा पनि वीमा शुल्क निर्धारण गरीन्छ |

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकरी थाहा भएमा गएर थप जानकारी राख्न सकिन्छ |

नोट तथा सन्दर्भ सामग्री

यातायात ब्यवस्था कार्यालयको कर्मचारी, वाग्मती (मोटरसाइकल)

अध्यावधिक मिति: २०७३/११/२५

टिप्पणी

This has been really helpful. Even more, when I contacted GaliGali Facebook for information of getting copy of lost bluebook, they actually updated the information (the wiki hadn't been updated) and redirected me here. Much appereciated.


मुरीमुरी धन्यवाद नालीबेली लाई :)
-- बबि बस्नेत १९:१४, ५ अक्टोबर २०१५ (NPT)

Thank you for appreciating our work. The concept of is to serve people like you.:)
-- Shova dahal १४:५५, ९ अक्टोबर २०१५ (NPT)


टिप्पणी

Ambika-826359320762673

१४ महिना पहिले
ramro chha

Admin

१४ महिना पहिले
Thanks.

Ppbajra

८ महिना पहिले
Very helpful article

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-1star2-1star3-1star4-1star5-0
2 reviews   
लेखक: Admin
सम्पादक: Admin
सम्पादक:113.199.219.42
सम्पादक:Shova dahal
सम्पादक:Ambika Osti
सम्पादक:Ambika-826359320762673
सम्पादक:Shivanichhetri
सम्पादक:Samjhana Balami
अद्यावधिक मिति: 04th Apr, 2017
दृश्य संख्या: 30538

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=मोटरसाइकल_सवारी_दर्ता_प्रमाणपत्रको_(ब्लुबुक_)प्रतिलिपि:_यातायात_व्यवस्थापन_कार्यालय&oldid=10312" बाट निकालिएको