यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

वैवाहिक अंगीकृत नागरिकता (महिलाको लागि): जि.प्र.का

वैवाहिक अंगीकृत नागरिकता (महिलाको लागि): जि.प्र.का

परिचय

विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेमा नेपालको प्रचलित कानुन अनुसार निज महिलाले आफ्नो बिदेशी नागरिकता त्यागेको हकमा अंगीकृत नेपाली नागरिकता पाउने ब्यवस्था छ।

सम्पर्क

जिल्ला प्रशासन कार्यालय

आवश्यक कागजातहरु

  • नागरिकता नियमावली, २०६३ को अनुसूची ७ को फारममा गाविस भए गाविस अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकामा प्रमुख तथा उपप्रमुख तथा जिविस भएमा जिविस सभापति वा उपसभापतिको सिफारिस
  • श्रीमानको नागरिकता प्रमाणपत्र प्रतिलिपि
  • विवाहदर्ता प्रमाणपत्र/जन्म मिति खुल्ने प्रमाण
  • विदेशी नागरिकता परित्याग गर्न प्रक्रिया चलाएको प्रमाण
  • पतिको सनाखत वा पति नभए नजिकको नातोदारको वा सासु, ससुरा, देवरको सनाखत
  • ५ प्रति फोटो (कर्मचारीको भए हकमा ७ प्रति)

प्रक्रिया

  • माथिका कागजातहरु सबै लागि फारम भरि हुलाक टिकट टाँसी चेक गर्ने ठाउँमा चेक गराउने |

लाग्ने समय

विवरण पुरा भएको सोहि दिन |

लाग्ने दस्तुर

हुलाक टिकट रु १० को |

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकारी थाहा हुनेले लगईन गरि आवश्यक जानकारी राख्न सकिन्छ |

नोट तथा सन्दर्भ सामग्री

जिल्ला प्रशासन कार्यालयको प्रशासकिय कार्यविधि २०७३ बाट साभार गरिएको | नारायणहिटी, काठमाण्डौ अध्यावधिक मिति : २०७३-११-२५


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

(वैवाहिक अंगीकृत नागरिकता (महिलाको लागि) वा प्रतिलिपि लिन :जि.प्र.का बाट पठाइएको)
यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Admin
सम्पादक: Admin
सम्पादक:SAlmon-10207945735457670
सम्पादक:Samjhana Balami
अद्यावधिक मिति: 28th Mar, 2017
दृश्य संख्या: 3053

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=वैवाहिक_अंगीकृत_नागरिकता_(महिलाको_लागि):_जि.प्र.का&oldid=10176" बाट निकालिएको