यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

शैली पुस्तिका

शैली पुस्तिका

नालीबेली चलाउन

लग-इन

विकिमा पेजको बारेमा श्रोत हेर्न, लेखको लागि अनुरोध गर्नका लागि लग-इन गर्नु आवश्यक हुदैन | तर पेज बनाउन, सम्पादन गर्न, कमेन्टको लागि लगिंग गर्नु आवश्यक हुन्छ | नालीबेलीलाई दुई तरिकाबाट लग-इन गर्न सकिन्छ |

लग-इन गर्ने तरिका:

नयाँ खाता: खाली कोठामा जानकारी भरि नयाँ खाता बनाई पनि प्रवेश गर्न सकिन्छ |

यहाँबाट नालीबेलीमा सिधै प्रवेश गर्न सकिन्छ |
  
  लगिंङ्.jpeg


  Login.jpeg


फेसबुक, ट्वीटर, गुगल: हामीहरु यी मध्ये कुनै एक सामाजिक संजाल प्रयोग गर्छौं भने यो बाट सिधै लगिंग गर्न सकिन्छ |


पृष्ट बनाउन

हामीलाई कुनै सार्वजनिक निकायमा सेवा लिन जाँदा थाहा भएको जानकारी, आफु कुनै सेवादाहि निकायमा काम गर्छु, इत्यादी बारे जानकारी छ नालीबेली विकिमा राख्न सकिन्छ | त्यसको लागि अनिबार्य लगिंग गर्नुपर्ने हुन्छ | पेज बनाई सकेपछी अनिबार्य "संग्रह गर्नुहोस्" मा क्लिक गर्नु होला |

पृष्ट बनाउन.jpeg

साथै जानकारी "रोमनाईज्ड" भाषामा लेख्न पनि सकिन्छ |

 Keyboard.jpeg


पृष्ठ सम्पादन

हामी मध्ये कसैलाई पहिलै सिर्जना भएको पेजमा भएको जानकारी भन्दा केहि धेरै सुचना थाहा छ, भाषा बुझ्न केहि गार्हो भयो भन्ने लागेमा सम्पादन गर्न सक्नु हुनेछ |

सम्पादन गर्नको लागि सर्व प्रथम लगिंग गर्नुपर्ने हुन्छ | सम्पादन गर्ने पेजको सबै भन्दा माथिको सेक्सनमा सम्पादन लेखिएको हुन्छ त्यहाँ क्लिक गर्ने सकिन्छ |

 सम्पादन.jpeg


सिर्जना भएको पृष्ठलाई मिलाउनु परेमा सम्पादनमा क्लिक गरी देखिएको बक्समा गएर गल्ती भएकोलाई मिलाई संग्रह गर्ने |


Preview.png

लेख अनुरोध

तपाईलाई कुनै कुराको जानकारी आवश्यक परेमा, खोज्दा पाउन सक्नु भएन भने आफु लाई आवश्यक परेको सेवाको जानकारी प्रस्ट खुलाई पठाउन सकिनेछ | लेखको लागि अनुरोध गर्नको लागि मुख्य पेजको दायाँ पट्टि रहेको "योगदान" भित्र क्लिक गरी "लेखको लागि अनुरोध" मा क्लिक गरी आवश्यक सेवा बारे जानकारी गराउन सकिन्छ |

लेख अनुरोध बटनमा क्लिक गरि, आफुलाई चाहिने जानकारीको बारेमा थाहा दिनुपर्ने हुन्छ |

Request.png

तल देखिएको बक्समा चाहिएको जानकारी हाली पेस गर्नुहोस् |

Lekh.png

लेख लेख्न

नालीबेली पृष्ठ बनाउनको लागि श्रेणीमा गएर सूचना अनुसारको उप-श्रेणी सिर्जना गरेर मात्र पृष्ठ बनाउन सकिन्छ |

पृष्ट बारे नमुना

कुनै पेज बनाउन बारे के के सूचना राख्ने बारे जानकारी नभएमा यहाँ भएको नमुना अनुसार पेज बनाउन सकिनेछ |

१. परिचय: कुनै सार्वजनिक निकायको सेवा बारे पेज बनाउँदा त्यो सेवा बारेमा सजिलो सहज भाषामा परिचय राख्न सकिन्छ |

२. सम्पर्क: पेज बनाउदै गरेको सेवा लिन कुन निकायमा जाने हो उक्त निकाय कहाँ छ भनि प्रस्ट लिखिने ठाउँ |

३. आवश्यक कागजातहरु: सेवा लिन जाँदा चाहिने कागजात, फोटो, इत्यादी बारे जानकारी राख्ने सेक्सन |

४. समय र दस्तुर: कुनै सेवा लिंदा लाग्ने समय र दस्तुर लेख्ने |

५. प्रकृया: कुनै सेवा लिंदा हुने प्रकृया जस्तै,निवेदन लिने, कुन कोठामा कस्ले हस्ताक्षर गर्ने, अन्तिम हस्ताक्षर कहाँ को बाट हुन्छ ईत्यादी

६. थप जानकारी: कुनै सेवाबारे थप अन्य कुराहरु छ भने जनाउने |

७. कैफियत: यस बारे कुनै जानकारी |

८. नोट तथा सन्दर्भ सामग्री: कहाँ बाट लिएको |

टिप्पणी

Nice info really helpful for me. Thank you nalibeli.
-- sana ११:५७, ५ अक्टोबर २०१५ (NPT)


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
"http://nalibeli.org/index.php?title=शैली_पुस्तिका&oldid=8486" बाट निकालिएको