यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

संस्था दर्ता खारेजी: जिल्ला प्रशासन कार्यालय

संस्था दर्ता खारेजी: जिल्ला प्रशासन कार्यालय

परिचय

संस्था दर्ता गरिसकेपछि विभिन्न कारणले संस्था संचालन हुन नसकेमा र नविकरण गर्ने म्याद समेत गुज्रेको अवस्थामा कार्य समितिको बैठक बसी, संस्था संचालन हुन नसकेको व्यहोरा दर्शाई, संस्था खारेजीको निर्णय गर्नुपर्ने हुन्छ |

सम्पर्क

सबन्धित जिल्ला प्रशासन कार्यालय


लाग्ने समय र दस्तुर

समय: संस्था खारेजीको लागि जिल्ला प्रशासनको कर्मचारीको साथै नेपाल प्रहरी पनि छानबिनको लागि जाने हुनाले समय यकिन गर्न नसकिने हुन्छ |

दस्तुर: निशुल्क

जिम्मेवार अधिकारी

सहायक प्र.जि.अ/प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु

आवश्यक कागजात

१.विभिन्न कारणवश संस्था संचालन हुन नसकेको अवस्थामा र साधारण सभाको वैठक बसी संस्था संचालन हुन नसकेको भन्ने व्यहोरा दर्शाई संस्था दर्ता खारेजीको निर्णय गर्नुपर्ने हुन्छ र सो निर्णय जिल्ला विकास समितिमा पेस गर्नुपर्छ |

२.कार्य समितिको पदाधिकारिमा कम्तिमा ७ जना हुनुपर्ने र त्यो भन्दा माथि बिजोर नम्बरमा जति हुन सक्नुहुन्छ | उनीहरुले गरेको निर्णयमा दस्तखत गर्नुपर्ने हुन्छ |

३.सोहि निर्णय सहित संस्था खारेज गर्न स्वीकृतिको लागि जि.प्र.कामा पनि पेस गर्नुपर्ने हुन्छ |

४.संस्थाको लिकुईदेटर (Liquidator)/अदितर लाई जाँच गराउने/बाँकी सम्पति संस्थाको साधारण सभामा अधिकारीको स्वामित्वमा नेपाल सरकारको हुने |

५.संचालक समितिमा आबद्ध सदस्य स्वम बिधान र संस्थाको प्रमाणपत्र सहित उपस्थित हुनुपर्छ |

६.कर चुक्ता कागजपत्र/जि.वि.स. सिफारिस/सनाखत गर्ने |

आवश्यक प्रक्रिया

संस्था दर्ता भइ कारोवार भएको अवस्थामा संस्था दर्ता भइ कारोवार नभएको अवस्थामा
१. संचालक समितिको बैठक बसी संस्था दर्ता खारेजीको निर्णय गरि लागि निवेदन लेखि बुझाउनुपर्ने हुन्छ |
२. अडिट रिपोट तयार गरि कर कार्यालयमा बुझाएपछि, कारोबार नभएको भन्ने विवरणको कागज दिन्छ |
३. liquidator राखी सम्पतिको मुल्य निर्धारण गरि उक्त सम्पति नेपाल सरकारलाई (जिल्ला प्रशासन कार्यालय) बुझाउनुपर्ने हुन्छ |
४. संचालक समितिको निर्णय सहितको निवेदन जिल्ला विकास समितिमा बुझाउनुपर्ने हुन्छ |

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकारी थाहा भएमा लगईन गरि आवश्यक जानकारी राख्न सकिन्छ |

नोट तथा सन्दर्भ सामग्री

जिल्ला प्रशासन कार्यालयको प्रशासकिय कार्यविधि २०७० बाट साभार गरिएको |

नारायणहिटी, काठमाण्डौ

अध्यावधिक मिति : २०७३-११-२७

टिप्पणी

जिल्ला प्रशासन कार्यालयमा संस्था खारेजीको लागि कुरा गर्दा, त्यहाँको कर्मचारीहरुले, खारेजी भन्दा पनि कोहि नयाँ खोल्न चाहने कसैलाई हस्तान्तरण गर्दा हुन्छ | नविकरण गर्ने म्याद गुजारे पनि हुन्छ भन्ने जस्तो कुरा गर्दा रहेछन् |
-- Shova dahal १३:०४, १ नोभेम्बर २०१५ (NPT)


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Shova dahal
सम्पादक: Shova dahal
सम्पादक:Ambika Osti
सम्पादक:Admin
सम्पादक:Samjhana Balami
अद्यावधिक मिति: 05th Apr, 2017
दृश्य संख्या: 14965

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=संस्था_दर्ता_खारेजी:_जिल्ला_प्रशासन_कार्यालय&oldid=10323" बाट निकालिएको