यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

स्मार्ट ड्राइभिङ लाइसेन्स लिनु परेमा (बागमती अञ्चलको लागि) : यातायात व्यवस्था कार्यालय

स्मार्ट ड्राइभिङ लाइसेन्स लिनु परेमा (बागमती अञ्चलको लागि) : यातायात व्यवस्था कार्यालय

परिचय

स्मार्ट ड्राइभिङ लाइसेन्स नेपालमा १डिसेम्बर २०१५ देखि लागु भएको हो | स्मार्ट कार्ड ड्राइभिङ लाइसेन्स व्यक्तिलाई सवारी साधन चलाउन अनुमति दिईने आधिकारिक कार्ड हो | जसमा व्यक्तिको सम्पूर्ण परिचय, डिजिटल प्रणाली बाट लिएको हस्ताक्षर र बुढी औलाको छाप साथै कुन सवारी साधन चलाउने तोकिएको हुन्छ. स्मार्ट कार्डमा इलेकट्रोनिक चिप कार्ड हुन्छ | जसमा सवारी चालकको सम्पूर्ण परिचय हुन्छ |

Smart Card.jpg

सम्पर्क

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

१. एकान्तकुना, ललितपुर वा

२. ठुलोभर्याङ्ग, काठमाडौँ वा

३. चाबहिल, काठमाडौँ वा

४. जगती, भक्तपुर

यी मध्ये कुनै एकमा जानुहोस् |

आवश्यक कागजात

१ निवेदन फारम पत्र

२ आफ्नो सक्कली नागरिकता र त्यसको प्रतिलिपि, गैर नेपालीका हकमा पासपोर्टको प्रतिलिपि

३ एक प्रति पासपोर्ट साइजको फोटो

४ तपाइले काट्नु भएको हरेक रसिद

५ इजाजत प्राप्त ड्राइभिङ्ग स्कूलबाट प्रशिक्षण लिएको प्रमाण पत्र (चार पाङ्गे र हेमिको लागि अनिवार्य)

प्रक्रिया

१. यातायात व्यवस्था कार्यालय एकान्तकुनामा निवेदन फारम भरी, टिकट किनी तेस्मा टास्नुहोस् । साथै स्वास्थ्य परीक्षणको रसिद काट्नुहोस् र टोकन लिनुहोस् । (personal verificationको लागि डिजिटल प्रणालीको प्रयोग पछि टोकन लिने प्रक्रिया सुरु भएको हो )

२. आफ्नो टोकन अनुसार लाइनमा बस्नुहोस र त्यहाको कर्मचारीले बोलाएपछि सो कार्यालयको पहिलो भवनको भुईतल्लाको कोठामा प्रवेश गर्नुहोस ।

३. कोठामा प्रवेश गरेपछि कुनै एक कम्प्युटर अपरेटर कहाँ गइ आफ्नो सक्कली नागरिकता र निवेदन फारम बुझाई वेबक्यामबाट आफ्नो फोटो खिचाउनुहोस र डिजिटल प्रक्रियामा आफ्नो बुढी औलाको छाप दिई डिजिटल प्रक्रियाले त्यहाको नै नोट पेनले आफ्नो दस्तखत गर्नुहोस ।

४. तपाईको स्वास्थ्य परीक्षणको रसिद देखाई स्वास्थ्य परीक्षण गर्ने कर्मचारीबाट स्वास्थ्य परीक्षण गराउनुहोस् ।

५. आफ्नो निवेदन फारम लिई रु २०० तिरी रसिद काट्नुहोस् । त्यसको केहि समयपछि सोहि कोठामा अपरेटरले तपाईलाई प्रवेश पत्र दिनुहुनेछ (लिखित परीक्षा र ट्रायलको लागि) ।

६. तोकिएको समयमा ( विदाको दिन बाहेक प्रायः भोलिपल्ट बिहानै) लिखित परीक्षाको लागि तपाई सोहि कार्यालयमा उपस्थित हुनुपर्नेछ, जसको लागि टासिएको सुचीमा आफ्नो नाम अनुसारको अंक टिपी गरी लाइनमा बस्नुहोस ।

७. आफ्नो पालो आएपछि तपाइले आफ्नो रसिद फारम, सक्कली नागरिकता र प्रवेश पत्र देखाई लिखितको परीक्षामा सम्मिलित हुनसक्नुहुनेछ ।

८. लिखित परीक्षामा पास गरे पछि तोकिएको समयमा प्रयोगात्मक (ट्रायल) दिन पर्ने हुन्छ । ट्रायल प्रायः विदाको दिन बाहेक लिखित परीक्षा दिएको भोलिपल्ट बिहानै हुने गर्छ ।

९. ट्रायल पास गरेपछि स्मार्ट कार्डको राजश्व बुझाउनुपर्ने छ ।

१०. राजश्व बुझाएको केहि समय पश्चात स्मार्ट कार्ड वितरण कक्षाबाट वितरण गरिनेछ |

फारम अनलाईन भर्नु परेमा

१. यातायात व्यवस्था ववभागको वेबसाइट www.dotm.gov.np मा जानुहोस् ।

२. वेबसाइटको गृह पृष्ठमा यातायात व्यवस्था विभागको चिनारी मुनी रहेको “अनलाइन सवारी चालक अनुमति पत्र” लिंकमा क्लिक गर्नुहोस् ।

३. DRIVING LICENSE ONLINE REGISTRATION [१] मा क्लिक गर्नुहोस् ।

४. CITIZENSHIP मा Nepal छानेर Proceed मा क्लिक गर्नुहोस् ।

५. आफ्नो व्यक्तिगत विवरण DEMOGRAPHIC DETAILS मा भर्नुहोस् ।

६. DATE OF BIRTH (DOB) छानेपछि आफै उमेर आउनेछ ।

७. स्थायी ठेगाना PERMANENT ADDRESS भर्नुहोस् ।

८. यदि स्थायी र अस्थायी ठेगाना एकै भए SAME AS PERMANENT मा Check गर्नुहोस् ।

९. आफूले दरखास्त दिन लागेको वर्ग छान्नुहोस् | (हाललाई A वा K मात्र)

१०. आफूले दरखास्त दिन लागेको कार्यालय रहेको अंचल छान्नुहोस् । (हाललाई बागमतीका कार्यालयहरु मात्र)

११. सो अंचलको लाइसेन्स कार्यालय छान्नुहोस् । (हाललाई कुसुन्ती, ठुलो भर्याङ, चावहिल, जगती)

१२. याद राख्नुहोस् Asterisk (*) लागेका विवरण अनिवार्य भर्नुपर्नेछ ।

१३. सबै विवरण भरेपछि SUBMIT मा क्लिक गर्नुहोस् ।

१४. Are you sure you want to continue? म्यासेज आउँदा OK मा क्लिक गर्नुहोस् ।

१५. आफूले भरेको विवरण पुनः एकपटक जाँच गरी फरक परे EDIT DETAILS मा क्लिक गरी सच्याउनुहोस् ।

१६. विवरण ठीक भए SUBMIT मा क्लिक गर्नुहोस् ।

१७. APPLICANT SAVED SUCCESSFULLY देखिन्छ ।

१८. OK मा क्लिक गर्नुहोस् ।

१९. आफूले भरेको सबै विवरण पुन : देखिन्छ ।

२०. PRINT मा क्लिक गर्नुहोस् ।

२१. तपाईको विवरण र तपाईलाई प्रदान गरिएको Reference Number सहितको १ पानाको विवरण Pdf file को रुपमा संग्रह हुन्छ ।

२२. सो विवरण प्रिन्ट गरी तोकिएको मितिमा सम्बन्धित कार्यालयमा जानुहोस् ।

२३. आफूले भरेको विवरण गलत वा कुनै विवरण छुटेको भए कार्यालयमा Biometric Detail दिदा कार्यालयको अपरेटरलाई भन्नुहोस् ।

दस्तुर र लाग्ने समय

दस्तुर: नयाँ फर्म भर्न लाग्ने दस्तुर:

वर्ग दस्तुर
मो .सा- स्कुटर रु १५००
मो.सा बाहेक साना सवारी रु २०००
मझौला सवारी रु २५००
ठुला सवारी रु ३०००

एक भन्दा बढी वर्गको स.चा.अ.प को हकमा सबैभन्दा बढी दस्तुर लाग्ने वर्गको दस्तुर बराबर | वर्ग थपका लागि : स.चा.अ.प दस्तुर

वर्ग दस्तुर
साना सवारी रु १००
मझौला सवारी रु २५०
ठुला सवारीको लागि ५००

लाग्ने समय: कार्यालयको नियम अनुसार |

नोट

- यदि तपाईसँग पुरानो लाइसेन्स छ भने सो लाइसेन्सको अवधि समाप्तिपछि, नविकरण गर्नुहुदा स्मार्ट कार्ड प्राप्त गर्नुहुनेछ ।

- आवेदन फारम र टिकट यातायात कार्यालयको आधिकारिक स्टलमा तोकिएकै मूल्यमा पाइन्छ (फारम रू ५ र दशको हुलाक टिकट रू १० मै) । अरू पसलमा बढी मूल्य लिने गरेको पाइयो । सो स्टल यातायात कार्यालयको पहिलो भवन नजिकैको काठको सानो टहरामा छ, बिहान ७ बजेदेखि खुल्छ ।

- लिखित परीक्षा प्रश्नपत्रमा दुई खण्ड हुन्छन् - पहिलोमा एक-दुई वाक्य लेखेर उत्तर दिन पर्ने ९.५ अंकका दुई प्रश्न गरी जम्मा १९ अंक र दोश्रोमा सही उत्तरमा टिक लगाउने ४.५ अंकका १८ प्रश्न जम्मा ८१ अंक गरी १०० पूर्णाङ्क। पास गर्नको लागि दुवै खण्डमा कम्तिमा आधा अंक ल्याउन पर्नेछ अर्थात् पहिलोमा दुइटा प्रश्नबाट कम्तिमा ९.५ अंक ल्याउन पर्नेछ र दोश्रोमा कम्तिमा ९ वटा प्रश्न मिलाउन पर्नेछ । पहिलो खण्डमै फेल भएमा दोश्रो खण्ड चेक हुनेछैन ।

- लिखित परीक्षामै उल्लेख्य संख्यामा परीक्षार्थी फेल हुने गरेको पाइएकोले राम्ररी तैयारी गरेर जानु होला । पहिलो खण्डमा प्रायः परिभाषाहरू सोधिने भएकाले सवारी तथा यातायत व्यवस्था ऐन २०४९ को परिभाषाहरू (दफा २ र सम्बन्धित अन्य दफाहरू) पढी, बुझी जानु भएमा सजिलो हुनेछ । यसका साथ साथै अन्य नियमावली र कानून पनि यातायात विभागको साइटमा उपलब्ध छन् । तैयारीका लागि उपयोगी विभिन्न पुस्तक र मोबाइल एपहरू पनि पाउन सक्नु हुन्छ ।

- लिखित परीक्षाको नतिजा परीक्षा भएको दिन साँझ यातायात कार्यालयको सूचना पाटीमा टाँस गरिन्छ । सोही नतिजा प्रायः दिनहरूमा यातायात कार्यालयको साइटमा लाइसेन्स नतिजा पेजमा पनि पाउन सक्नुहुनेछ ।

- लिखित परीक्षामा फेल भएमा सोही प्रकारको सवारीको लागि पुनः आवेदन दिन ३ महिना कुर्नु पर्नेछ । अरु खाले सवारीको लागि भने तुरुन्तै आवेदन दिन सकिन्छ अर्थात् गाडीको लिखित फेल भएमा मोटरसाइकलको आवेदन दिन ३ महिना कुर्न पर्दैन ।

- ट्रायल फेल भएमा ९० दिनको अवधिमा अर्को २ पटकसम्म रि-ट्रायल दिन पाइने छ । यसरी फेरि ट्रायल दिंदा लिखित परिक्षा दिईरहनु पर्ने छैन तर रि-ट्रायलको आवेदन र दस्तुर भने लाग्नेछ । ९० दिनको अवधिमा शुरुको ट्रायल समेत गरी ३ पटकसम्ममा पनि ट्रायल पास गर्न नसके फेरि लिखित दिनु पर्नेछ ।

- ट्रायल आफ्नो सवारी साधनमा दिन पाइदैन । मोटरसाइकल र सानो गाडी ट्रायल सेन्टरमै उपलब्ध गराइन्छ । सो प्रयोग गरे बापत मोटरसाइकल र गाडीको लागि तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ ।

- ट्रायल कसरी दिने भन्ने बारे धेरै भिडियो youtube मा पाउन सक्नु हुन्छ । तर ट्रायल पास नै गर्नको लागि भने राम्ररी सवारी चलाउन सिकेर ट्रायल अभ्यास गर्नुको विकल्प छैन ।

धेरै सोधिने प्रश्नहरू

अंग्रेजी पृष्ठ

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकारी थाहा हुनेले लगईन गरि आवश्यक जानकारी राख्न सकिन्छ |

नोट तथा सन्दर्भ

यातायात व्यवस्था कार्यालयको प्रशासकिय कार्यविधि २०७३ बाट साभार गरिएको |

एकान्तकुना, ललितपुर

अध्यावधिक मिति : २०७३-११-२३

फोन नं : ९८४१३६५९४४


टिप्पणी

Nishu-1822254824657696

२ महिना पहिले
ek dinma 500 janale matra form bharna milchha...

Shivanichhetri

एक महिना पहिले
Very Helpful as I myself am trying to get Licence soon. Thank you!

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-1star2-1star3-1star4-1star5-1
17 reviews   
लेखक: Pabitra Rai
सम्पादक: Pabitra Rai
सम्पादक:AmbikaOsti-2150612994
सम्पादक:SAlmon-10207945735457670
सम्पादक:Sapradhan
सम्पादक:Samjhana Balami
सम्पादक:Ambika-826359320762673
अद्यावधिक मिति: 07th Mar, 2017
दृश्य संख्या: 6893

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=स्मार्ट_ड्राइभिङ_लाइसेन्स_लिनु_परेमा_(बागमती_अञ्चलको_लागि)_:_यातायात_व्यवस्था_कार्यालय&oldid=9845" बाट निकालिएको