यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

हातहतियार इजाजत सम्बन्धि :जिल्ला प्रशासन कार्यालय

हातहतियार इजाजत सम्बन्धि :जिल्ला प्रशासन कार्यालय

परिचय

आत्म सुरक्षाको लागि कुनै प्रकारको हातहतियार राख्नु पर्छ भने लागेमा, त्यसको लागि सर्वप्रथम हातहतियार झिकाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गर्नुपर्छ | कुनै संस्था वा कुनै कार्यालयले पनि यस्तो हतियार लिन पाउने छन | कुनै पनि व्यक्तिले मनोमानी ढंगले हतियार राख्न पाउँदैन | यदी व्यक्तिगत सुरक्षालाई मध्यनजर गर्दै हातहतियार राख्नको लागि जिल्ला प्रशासन कार्यालय गई प्रहरी प्रतिवेदन समावेस गरी निवेदन दिई इजाजत लिनु पर्ने हुन्छ |

सम्पर्क

सम्बन्धित जिल्ला प्रशासन कार्यालय

बबरमहल, काठमाडौँ (काठमाडौँको हकमा)

फोन न:४२६२४७८, ४२४८९८५

इमेल ठेगाना: daokathmandu@moha.gov.np

वेवसाइट : doakathmandu.moha.gov.np

आवश्यक कागजात

१.नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन चाहिने हुन्छ |

२.निवेदकको निरोगिता सम्बन्धि पत्र चाहिने हुन्छ |

३.प्रहरी प्रतिवेदन चाहिने हुन्छ |

आवश्यक प्रक्रिया

१.हतियार कुन प्रकारको राख्न चाहेको हो | सो हतियारको नाम खुलाउनु पर्छ |

२.उक्त हतियार कुन देशबाट झिकाउने हो |देशको नाम खुलाउनु पर्छ |

३.कुन मार्गबाट लेराउने हो, मार्ग खुलाउनु पर्छ |

४.हतियार झिकाउन, जिल्ला प्रहरी कार्यालयबाट स्वीकृति प्राप्त भएपछि, हतियार झिकाई,इजाजत पत्र लिनको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिनुपर्छ |

५.दस्खासत सँगै निरोगिताको प्रमाणपत्र ,पुलिस रिपोट पनि पेस गर्नु पर्छ |

६.इजाजत प्राप्त भएपछि,प्रतेक दुई वर्षमा इजाजत पत्र नविकरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गराउन दरखास्त दिनुपर्छ |

लाग्ने शुल्क/समय/जिम्मेवार अधिकृत

रु १० को टिकट र नियमावलीमा तोकिए बमोजिम तिर्नुपर्ने हुन्छ |

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट हुन्छ |

सहायक प्र.जि.अ/प्रशासकीय अधिकृत र शाखा हेर्ने ना.सु छन् |

थप जानकारी

दरखास्तको नमुना सम्बन्धित कार्यालय परिसरको गेट नजिकै खरिद गर्न सकिन्छ |

कल्याण.jpeg


माथिको तस्बिर ललितपुर जिल्ला प्रशासन कार्यालयको नागरिकताको लागि निवेदन लेखाउँदाको हो |

नोट तथा सन्दर्भ सामग्री

१. जिल्ला प्रशासन कार्यालय वेबसाइट 

अध्यावधिक मिति: २०७३/११/०९


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

(हातहतियार इजाजत सम्बन्धि बाट पठाइएको)
यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
"http://nalibeli.org/index.php?title=हातहतियार_इजाजत_सम्बन्धि_:जिल्ला_प्रशासन_कार्यालय&oldid=9368" बाट निकालिएको