यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

हात हतियार सम्बन्धि लाईसन्स : जिल्ला प्रशासन कार्यालय

हात हतियार सम्बन्धि लाईसन्स : जिल्ला प्रशासन कार्यालय

परिचय

कुनै व्यक्तिले आफ्नो जिउ ज्यानको सुरक्षाको लागि आफ्नो साथमा हतियार राख्न पाउने अधिकार छ| कुनै संस्था वा कुनै कार्यालयले पनि यस्तो हतियारलिन पाउने छन | तर कानुन र ऐन अनुसार राख्नु पर्ने हुन्छ |

सम्पर्क

जिल्ला प्रशासन कार्यालय।
जिम्मेवार अधिकारी: प्रमुख जिल्ला अधिकारी

सेवाग्राहिले पेस गर्नु पर्ने कागजातहरु

१. सम्पूर्ण विवरण खुलाएको निवेदन |

२. नागरिकताको प्रतिलिपि |

प्रक्रिया

१. जिल्ला प्रहरी कार्यालयमा हतियार माग गर्दै अनुसूची फाराम भरि कुन हतियार कहाँ बाट ल्याउने भन्ने जानकारी खुलाएर निबेदन पेश गर्ने |

२. प्रमुख जिल्ला अधिकारी द्वारा निबेदन अनुमोदन गरि प्रहरीलाई पुलिस रिपोर्ट बनाउन र निवेदक अपराधिक कार्यमा संगलग्न भए नभएको बुझ्न लगाईन्छ |

३. प्रमुख जिल्ला अधिकारीद्वारा पुलिस रिपोर्ट अनुमोदन गरिसकेपछि जिप्रका. द्वारा गृह मन्त्रालय लाई स्रोत हतियार खरिद गर्ने स्वकृति दिन पत्र लेखिन्छ |

४. गृह मन्त्रालयद्वारा बाणिज्य लाई हतियार खरिद गर्न सकिने र नेपाल बाहिर बाट ल्याउने भएकोले भन्सार लाई पनि पत्र लेखिन्छ |

५. हतियार किन्न जादा गृह मन्त्रालयको पत्र लिई र खरिद गरि हतियार भन्सारमा बुझाउनु पर्ने हुन्छ |

६. हतियार भन्सारमा जम्मा भई सके पछि जुन जिप्रकाबाट पत्र परेको थियो, हतियार त्यहि जिप्रकामा भन्सारका केहि कर्मचारीद्वारा लगिन्छ|

७. जी. प्र. का. मा गएर आफ्नो हतियार बुझी लिने |


नोट : यो हातहतियार सम्बन्धि अनुमति दिने कि नदिने भन्ने निर्णय प्रमुख जिल्ला अधिकारी , जनपथ प्रमुख , आर्मीको प्रमुख, र राष्ट्रिय अनुसन्धान आयोगको प्रमुख एस.पी अथवा डी.एस.पी हुने गर्दछन् |

थप जानकारी

यदि निबेदन प्रमुख जिल्ला अधिकारी द्वारा कुनै शाखालाई टिप्पणी गर्न दिईएको छ भने कुन तहको लाई काम दिईयो त्यो तह देखि प्रमुख जिल्ला अधिकारी सम्म सब को तोक अनिवार्य हुन्छ।

नोट तथा सन्दर्भ


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Admin
सम्पादक: Admin
सम्पादक:Shova dahal
सम्पादक:Samjhana Balami
अद्यावधिक मिति: 18th Jan, 2017
दृश्य संख्या: 1310

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=हात_हतियार_सम्बन्धि_लाईसन्स_:_जिल्ला_प्रशासन_कार्यालय&oldid=9096" बाट निकालिएको